दाङका थप १२८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

दाङका थप १२८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

    मा प्रकाशित

जेठ १४, दाङ ।
पछिल्लो २४ घण्टामा दाङका १ सय २८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२५० जनाको स्वाब परिक्षण गर्दा ७१ जना महिला र ५७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ६ हजार ८ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज २० जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका २० जना जनासहित जिल्लामा ५ हजार ४ सय ४६ जना संक्रमण मुक्त भएका छन् ।

अहिले संक्रिय संक्रमितको संख्या १ हजार २ सय ४६ रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ हजार १ सय ९ जना होम आईशोलेशनमा बसेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्