पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोप : प्रधानमन्त्री – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोप : प्रधानमन्त्री

    मा प्रकाशित

जेठ १४, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गर्नुभएको छ ।

आज राष्ट्रकााो नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना विरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताउनुभयो । विश्वभर नै खोपको माग अत्याधिक रहेकाले कोभ्याक्सले पनि सोचे अनुरुपको खोप प्राप्त गर्न असफल भएको पनि उहाँले बताउनुभएको छ । अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने पनि बताउनुभएको छ । सङ्क्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको सामना गर्न एकीकृत, समन्वयात्मक र समग्र राष्ट्ररणनीति आवश्यक पर्ने औल्याउदै त्यसका लागि कोभिड सङ्कट व्यवस्थापन अध्यादेश २०७८जारी गरेको बताउनुभयो । यसबाट राज्यको सम्पूर्ण शक्ति कोभिड विरुद्ध परिचालित गर्ने बाटो सहज भएको उहाँको दाबी थियो । यस्तै, ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै उहाँले सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने सम्पूर्ण ऊर्जा सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिका लागि एकाग्र रूपमा केन्द्रित गर्ने प्रयासमा पटक, पटक अवरोध सिर्जना भएको पनि बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्