मानव अधिकार आयोगको पनि आपति – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मानव अधिकार आयोगको पनि आपति

    मा प्रकाशित

जेठ १४,दाङ ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको आक्रमण प्रति विरोध जनाएको छ ।

आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले आज नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ ।

महामारीको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न आग्रह गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्