पर्वतमा जेठ २२ गतेसम्म निषेधाज्ञा थपियो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पर्वतमा जेठ २२ गतेसम्म निषेधाज्ञा थपियो

    मा प्रकाशित

जेठ १४, पर्वत ।
पर्वतमा निषेधाज्ञा थप भएको छ । जिल्ला प्रसासन कार्यालयले जेठ २२ गतेसम्म लाई निषेधाज्ञा थप गरेको हो । यसअघिको निषेधाज्ञालाई थप कडा पारिएको प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

 

निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारीसाधान, व्याक्तिगत निर्माणका सामाग्री ढुवानी गर्ने साधन, पर्वत जिल्लाभित्र खाद्यन्न, फलफुल, निर्माण सामाग्री ढुवानी गर्ने साधान सबै ठप्प पार्ने निर्णय भएको छ । सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने सवारीसाधानहरु बिहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ६ वजेसम्म र शुक्रवार बिहान ९ बजेदखि १० र बेलुका ३ देखि ४ बजेसम्म कर्मचारीको पोशाक अनिवार्य रुपमा लगाएर मात्रै चलाउन दिईने भएको छ ।

 

अत्यावश्यक सेवा अन्तर्गतका एम्बुलेन्स, दमकल, शववाहन, औषधी बोकेका सवारी, ग्याँस, पेट्रोल, माछामासु, दुध बोक्ने सवारी, सन्चार, विद्युत, खानेपानी संस्थाका सवारी साधनलाई स्वास्थ्य मापदण्डको पालना गरेर चल्न दिईने भएको छ भने प्रेश पास भएका पत्रकारको सवारीसाधानलाई रोकतोक नहुने प्रसासनले जनाएको छ । राष्ट्रिय गौरवका र सार्वजनिक निर्माणका आयोजनाका सवारीसाधानहरु पास पाएका मात्रै सञ्चालन गर्न दिईने भएको छ ।

 

अत्यवाश्यक सेवा अन्तर्गत औषधी र औषधीजन्य पसलहरु २४सै घण्टा खुल्ने भएका छन् भने खाद्यन्न, माछामासु, फलफुलका पसलहरु विहान ७ देखि ९ बजेसम्म दुई घण्टा मात्रै खुल्ला हुने जिल्ला प्रसासन कार्यालयले जनाएको छ । सर्वसाधारणहरुलाई अत्यावश्यक काम नपरि घरबाट बाहिर ननिस्कन, बजारमा नडुल्न, मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र सरसफाईमा ध्यान दिन भनिएको छ । बजारमा बिना काममा डुलेमा प्रहरीले नयाँ संक्रामक रोग नियन्त्रण सम्बन्धि अध्यादेश अनुसारको कारबाही हुने जनाईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्