मुगुमा पुन एक साता निषेधाज्ञा लम्बियो – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

मुगुमा पुन एक साता निषेधाज्ञा लम्बियो

    मा प्रकाशित

खड्क सुनार
जेठ १४, मुगु ।
कोरोना सङ्क्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन मुगुमा २२ जेठसम्म निषेधाज्ञा थपिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमित बढेसँगै जोखिम निम्त्याउने आशंकामा मुगु प्रशासनले पुनः ८ दिनसम्म निषेधाज्ञा थपेको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार २२ जेठसम्म निषेधाज्ञा थपिएको छ ।

 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मुगुले थप जारी गरेको निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति–सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधी पसललगायत भने सञ्चालन हुनेछन् ।अत्यावश्यक बाहेकका पसलहरु विहान ९ बजे देखि ११ बजे सम्म मात्र खुल्न पाईने प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटीले जानकारी दिनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्