सरकारले चीन र अमेरिकासँग १ करोड डोज कोरोनाविरुद्धको खोप आयात गर्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सरकारले चीन र अमेरिकासँग १ करोड डोज कोरोनाविरुद्धको खोप आयात गर्दै

    मा प्रकाशित

जेठ १५, दाङ ।
सरकारले कोरोनाविरुद्धको खोपका लागि विश्वका ४ मुलुकसँगको पहलमाथि जोड दिएको छ । कोभिड १९ विरुद्धको खोप आयातमा कुटनीतिक प्रक्रियाका लागि भइरहेको पहल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विश्वका ४ खोप निर्माता कम्पनिसँग कुराकानी भइरहेको बताउनुभयो । उहाँले चीनको सिनोफार्म, रुसको स्पुतनिक, अमेरिकाको जोन्सन एण्ड जोन्सन र अमेरिकाको एस्ट्राजेनेकासँग खोपका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

 

मन्त्री ज्ञवालीले सिनोफार्मबाट ५० लाख र जोन्सन एण्ड जोन्सनबाट ५० लाख खोपका लागि पहल भइरहेको पनि बताउनुभयो । उहाँले खोप खरिद प्रक्रियासम्बन्धी कानूनी प्रावधानले समस्या भएको हुँदा अबको १० देखि १५ दिनभित्र यो विषयमा निस्कर्स निस्कने र खोप खरिद प्रक्रिया सहज हुने हुँदा खोप खरिदमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले सरकारले खोप खरिदका लागि ३६ अर्बको स्रोत सुनिश्चित गरिसकेको हुँदा त्यसै अनुसारको काम भइरहेको पनि बताउनुभयो ।

 

नेपाली जनतालाई खोप लगाउने र जीवन रक्षा गर्ने सरकारको प्राथमिकता रहेकाले सरकारले खोप निर्माता मुलुक र कम्पनीहरुसँग निरन्तर छलफल भइरहेको पनि मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्