मौसम अपडेट : यास चक्रवातको प्रभाव सोमबारसम्म – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मौसम अपडेट : यास चक्रवातको प्रभाव सोमबारसम्म

    मा प्रकाशित

जेठ १५, दाङ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन नेपालमा वर्षा हुने सम्भावना रहेको बताएको छ । भारतमा आएको यास चक्रवातको असरका कारण नेपालका अधिकांश क्षेत्रमा पानी परिरहेको र यो क्रम सोमबारसम्म जारी रहने विभागले जनाएको छ ।
हाल देशमा यास चक्रवात उत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान आगामी तीन दिनको मौसम सम्बन्धीत बुलेटिन सार्वजनिक गर्दै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको हो । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने असरहरुबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्