गणतन्त्र व्यवस्थाले कोरोना महामारीसङ्ग लड्न सहज भयो : नगर प्रमुख पाण्डे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गणतन्त्र व्यवस्थाले कोरोना महामारीसङ्ग लड्न सहज भयो : नगर प्रमुख पाण्डे

    मा प्रकाशित

तुलसीपुर, १५ जेठ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाले स्थानीय स्तरमा कोरोना महामारीसङ्ग लड्न सहज भएको बताउनु भएको छ ।गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै नगर प्रमुख पाण्डेले स्थानिय विकास निर्माण, सामाजिक सुधार, वन वातावरणको सुधार भएको बताउँदै कृषिको विकास, शिक्षा र स्वास्थ्य सेवामा पहिले भन्दा सुधार भएको बताउनु भएको छ ।

‘यस्ले संघीयताको आवस्यक्ता र महत्व पुष्टि गरेको छ । लोकतन्त्र शासन पद्धतिको सर्बोत्कृस्ट विधि हो । लोकतन्त्र राजनितिक छनौटको विधि मात्रै होईन, यो त समृद्धि र समग्र जीवन रुपान्तरणको पनि पद्धति हो,’ नगर प्रमुख पाण्डेले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘बित्तीय लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक समावेशी लोकतन्त्र, अन्तरपार्टी लोकतन्त्र मा आमूल सुधारको आवश्यकता छ ।’

गणतन्त्र भनेको ब्यबस्था मात्रै बदल्ने कुरा नभई नगारिक र देशको समग्र अवस्था बदल्ने सुत्र पनि भएकाले निजि वा स्वार्थ समुहको हितमा नभै, आग्रह पुर्बाग्रहमा नराखि आपसी सम्बाद र सद्भावबाट नागरिकगणको अर्थपूर्ण सहभागीताबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सुदृढ हुने बताउनु भएको छ ।

‘विगतका तितामिठामा नअल्झी समाजवाद, समृद्ध नेपाल र सुखी नेपालिको सपना पूरा गर्न सवैले संकल्प गरौ । विबादमा नअल्झौ, सम्वाद बढाऔ, सहमती र सहयात्रामा लामबद्ध बनौ,’ नगर प्रमुख पाण्डेद्धारा शुभकामना सन्देशमा भनिएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र दिवसका अवसरमा समस्त आमा–बुवा, दिदी–बहिनी, दाजुभाई सवैमा हार्दिक मंगलमय शुभकामना ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्