दाङको प्रादेशिक आयूर्वेद चिकित्सालयको प्रमुखमा बस्नेत – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङको प्रादेशिक आयूर्वेद चिकित्सालयको प्रमुखमा बस्नेत

    मा प्रकाशित

दाङ १५, जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको प्रादेशिक आयूर्वेद चिकित्सालयले नेतृत्वविहिन भएको लामो समयपछि नेतृत्व पाएको छ ।

लुम्बिनी प्रदेश सरकारको वैशाख २२ गतेको निर्णय अनुसार अस्पताल विकास समितिको अध्यक्षमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का कृष्णबहादुर बस्नेतलाई नियुक्त गरिएको थियो । बस्नेत ३३ वर्ष निजामति सेवामा कार्यरत भई कृषि ज्ञान केन्द्र दाङको प्रमुख भई २२ महिना अघि अवकाश प्राप्त गर्नुभएको थियो ।

अस्पताल नेतृत्वविहीन हुदा रणनीतिक योजना निर्माण र कार्यान्वयनमा समस्या उत्पन्न भएको थियो । त्यसैगरी सदस्यमा वडा नम्बर १७ सुधा बस्नेतलाई नियुक्त गरिएको छ ।
यसैबीच शुक्रबार नव नियुक्त अध्यक्ष र सदस्यको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख पाण्डेले आयूर्वेद अस्पताललाई प्रदेशकै गौरव अस्पतालका रुपमा विकास गर्न तीन वटै तहका सरकारहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो। पाण्डेले चिकित्सा विज्ञानको सबैभन्दा पुरानो उपचार पद्धति भएकाले यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अध्यक्षलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सरकारले एलोपेथिक उपचार पद्धतिमा ९७ प्रतिशत बजेट र आयूर्वेद उपचार पद्धतिमा तीन प्रतिशत मात्रै बजेट व्यवस्था गर्दा विकास र विश्वासमा समस्या उत्पन्न भएको बताउनुभयो ।

पौडेलले स्थानीय नेतृत्व पाएकाले विकासमा थप सहज हुने बताउनुभएको थियो । नव नियुक्त अध्यक्ष कृष्णबहादुर बस्नेतले आयूर्वेद चिकित्सा पद्धतिलाई विश्वासिलो उपचार पद्धतिकारुपमा विकास गर्न रणनीतिक योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै गुणस्तरीय सेवा प्रदानका लागि सरोकार वाला निकायसंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । विकास समितिका सदस्य सुधा बस्नेतले अस्पतालको विकासमा सबैको सहयोग र सहकार्य साथ अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा गोकर्ण दाहालले आर्थिक वर्ष २०७७र७८मा १९५०० ले उपचार सेवा लिएको, तीन सय ५१ जना भर्ना र तीन सय ३० जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभएको थियो । त्यसैगरी तुलसिपुरले सञ्चालन गरेको मेट्रो अस्पताल आइसोलेशनमा ९६ जना सङ्क्रमितलाई आयूर्वेद उपचार प्रदान र रोग प्रतिरोधात्मक औंषधि वितरण गरिएको जानकारी दिनुभएको थियो ।

अस्पतालले पाच जना चिकित्सक समेत पठाएको छ । साथै संघीय, प्रदेश सरकारको बजेटमा अस्पतालले सेवा बिस्तारका काम अघि बढाएको जानकारी दिनुभएको थियो ।

पञ्चकर्म, फिजियो थेरापि, प्रयोगशाला,मिनी वैद्यखानाका काम अघि बढाएको र कोभिडकै कारण चीन र भारतबाट सामग्री ल्याउन सकस भएको निर्देशक दाहालले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन अस्पतालका नर्सिङ इन्चार्ज एवम सूचना अधिकारी विमला भण्डारीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्