काेराेनाबाट दाङका थप ४ जनाकाे मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

काेराेनाबाट दाङका थप ४ जनाकाे मृत्यु

    मा प्रकाशित

दाङ, जेठ १५, ।

दाङमा वितको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । आज (शनिबार) मृत्यु हुनेमा तुलसीपुरका दुुई जना महिला सहित घोराही र लमहीका एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ । केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार कोरोना विशेष अस्पताल वेलझुण्डीमा उपचाररत तुलसीपुर १३ की २२ वर्षिय महिला र तुलसीपुरकै वडा नम्बर १२ की ६८ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको  छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४२ वर्षिय पुरुषको होमआईशोलेसनमा मृत्यु भएको छ भने लमही नगरपालिका वडा नम्बर ७ का ७० वर्षिय पुरुषको लमहीमाको रातोडाँडामा संचालित कोरोना आईशोलेसनमा मृत्युु भएको हो । आज थप चार्र जनाको मृत्यु भएसंगै जिल्लामा बैशाखयता मृत्यु हुनेको संख्या १६९ पुगेको केन्द्रले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्