कोरोनाका सङ्क्रमित बढेपछि बेलायतमा लकडाउन लम्बिन सक्ने – Kanika Khabar
Friday, May 16Nepali News Portal

कोरोनाका सङ्क्रमित बढेपछि बेलायतमा लकडाउन लम्बिन सक्ने

    मा प्रकाशित

एजेन्सी ।
कोरोना सङ्क्रमितको संख्या दैनिक बढ्न थालेपछि बेलायतमा लकडाउन लम्बिन सक्ने विज्ञहरुले बताएका छन् । सरकारको योजना अनुसार लकडाउन नखुल्ने अवस्था सिर्जना भएको हो ।

सरकारले आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना बनाएको थियो । तर सङ्क्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउन मुक्त हुने सम्भावना कम हुँदै गएको छ। सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउन सम्बन्धि सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले दिएको जानकारी अनुसार पछिल्लो चौबिस घण्टामा चार हजार १ सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन गत अप्रिल १ तारिक पछिकै उच्च हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्