बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने विज्ञहरूको टिप्पणी, विपक्षी दलको शङ्का – Kanika Khabar
Sunday, April 20Nepali News Portal

बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने विज्ञहरूको टिप्पणी, विपक्षी दलको शङ्का

    मा प्रकाशित

जेठ १६, काठमाडौँ ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने विज्ञहरूले टिप्पणी गरेका छन् । सरकारले हिजो आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

अर्थविद् डा जनार्दन आचार्यले बजेटका कार्यक्रम आकर्षक भए पनि कार्यान्वय हुनेमा शङ्का व्यक्त गर्नुभयो । ‘समग्रमा नारा र रकम विनियोजन राम्रो सुनिएको छ । तर कार्यान्वयका लागि स्रोतको व्यवस्थापन भनेजस्तो सजिलो देखिँदैन ।’ आचार्यले भन्नुभयो ।

विपक्षी दलहरूले पनि सरकारले चुनाव लक्षित गरी मतदातालाई प्रभावित पार्नका लागि बजेट केन्द्रित गरेको टिप्पणी गरेका छन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यान्वयन गर्नका लागि भन्दा पनि जनता झुक्याउने गरी बजेट ल्याइएको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो बजेट प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरेको छ ।यो कुल बजेटको ४१.२ प्रतिशत हो । सरकारले पुँजीगततर्फ तीन खर्व ४७ अर्व रुपैयाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।यो कुल बजेटको १२.६ प्रतिशत हो । अध्यादेशमार्फत ल्याइएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । प्रमुख प्रतिपक्षी दलहरुले यो अवस्थामा पूर्णआधारको बजेट ल्याउन नहुने जिकिर गरिरहेका बेला सरकारले पूर्ण आकारको बजेट ल्याएको हो । सीआईएनबाट

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्