दिपक वली
दाङ १६, जेष्ठ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी भएको छ । लुम्बिनी प्रदेशको दाङमा भोलि बिहान ९ बजेदेखि हुने उप निर्वाचनको तयारी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भोलिको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदान स्थल बनाइएको बताउनुभयो ।
निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रीपोर्ट ल्याउनुपर्ने छ । बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म मतदान समय तोकिएएको छ । सम्भव भए सम्म दिउसो ३ः३० बजेबाट मतगनना सुरु गरीने पनि अधिकृत थापाले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका हुन् । दुइ उम्मेद्धारहरु रस्साकस्सीसहित चुनावि मैदानमा उत्रिएका छन । यो राष्ट्रिय सभा सदस्यका लागि ७९ जना प्रदेश सभा सदस्य, तथा २१७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।