काेराेना अपडेट दाङ : थप ६८ जनामा सङ्क्रमण पुष्टि, १५८ जना सङ्क्रमण मुक्त र २ जनाकाे मृत्यु – Kanika Khabar
Sunday, July 20Nepali News Portal

काेराेना अपडेट दाङ : थप ६८ जनामा सङ्क्रमण पुष्टि, १५८ जना सङ्क्रमण मुक्त र २ जनाकाे मृत्यु

    मा प्रकाशित

दाङ १६, जेठ ।

दाङमा वितेको २४ घण्टामा कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज बेलुका ४ बजे दिएको जानकारी अनुसार जिल्लामा ६८ जनामा संक्रमण देखिएकोमा १५८ जना संक्रमणमुक्त भएका छन् ।

। बितेको २४ घण्टामा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा १०९ जना महिला र ४९ जना पुरुष निको भएका छन् ।

त्यसैगरि निको हुनेमा तुलसीपुरका ८१ घोराहीका ४५ जना,बबइका ११ जना, शान्तिनगरका १० जना, गढवाका ६ जना र दंगीशणका ५ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

वितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । आज (आईतबार) मृत्यु हुनेमा राप्ती र तुलसीपुरका १/१ जना महिलाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ । केन्द्रले आज दिउसो ४ बजे सम्म दिएको जानकारीका अनुसार कोरोना विशेष अस्पताल वेलझुण्डीमा उपचाररत तुलसीपुर ४ की ४० वर्षयि महिलाको उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस्तै राप्ती गाउँपालिका वडा नंम्बर ६ का ५२ वर्षीय महिलाको होमआईशोलेसनमा मृत्यु भएको हो । आज थप दुई जनाको मृत्यु भएसंगै जिल्लामा बैशाखयता मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको छ ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्