शिवु खनाल
दाङ, १६ जेठ ।
कोरोनाको महामारीबाट जोगिन लगाइएको निषेधाज्ञाले यहाँका किसानले उत्पादन गरेको तरकारी बारीमै थन्किएको छ । विक्रिका लागि तयारी अवस्थामा रहेको तरकारी लैजान व्यापारी नआएपछि किसान चिन्तित भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ४ घुम्ना निवासी देवीप्रसाद चौधरीले करिब अठार कठ्ठा जग्गामा लगाएको तरकारी विक्रि नहुदा गाईभैसीको लागि दानाको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता भएको बताउनुभयो ।
स्थानीय बजारसम्म तरकारी पुर्याउन र पुुुुर्याएकाे तरकारी पनि विक्री नभएपछि बारीमै सड्न थालेको छ, उहाँले भन्नुभयो,–। ‘तरकारी विक्री नहुँदा बारीमा काटेर फाल्नुपर्ने अवस्था सृजना भएको छ ।’ कोरोना भाइरल (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकगामको लागि दाङ सहित मुलुकभर निषेधाज्ञा जारी गरिएको छ । वरपरका स्थानीय बजार पूर्णरूपमा ठप्प छन्, उहाँले भन्नुभयो, गतवर्षको बन्दाबन्दीले भन्दा यसवर्ष निषेधाज्ञाले किसानलाई बढि घाटा पुर्याएकाे छ । बारीमा भिन्डी बोडि, करेला, लौका, भान्टा लगायत अन्य तरकारी त्यति कै थन्किएका छन् ।
यता गढवा गाउाँलिका ५ नम्बर बोदिपुर निवासी हेमनारायण चौधरीले छ कठ्ठा जग्गामा तरकारी लगाएको तरकारी त्यतीकै बारीमा थन्किएको बताउनुभयो । उहाँले गतवर्ष भन्दा यसवर्ष झनै घाटा हुने बताउनुहुदँै यसपाली तरकारी खेतीमा लगाइएको लगानी समेत उठाउन हम्मे हम्मे भएको बताउनुभयो । विक्रिका लागि तयारी अवस्थामा रहेको तरकारी बारीमै थन्किदा दाङ सहित विभिन्न जिल्लाका किसानहरु चिन्तित भएका छन् । व्यवसायी रुपमा तरकारी खेती गर्दै आएका किसानहरु कोभिडका कारण दुईवर्ष यता निकै मारमा परेका छन् । किसानहरुले उत्पादन गरेको तरकारीहरु यतिबेला स्थानीय बजार एवम् जिल्लाका विभिन्न बजारमा खपत हुन्थ्यो तर, लकडाउनका कारण तरकारीहरु बारीमै सड्ने गरेको छ ।
मा प्रकाशित