शिवु खनाल
देउखुरी, १६ जेठ ।
विभिन्न स्थानमा रगतको अभाव हुन थालेपछि योङ कम्युनिष्ट लिग(वाइसीयल) ले रक्तदानको कार्यक्रम शुरु गरेको छ । रगत अभावकै कारण कसैको ज्यान नजाहोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुरु गरिएको बताइएको छ । वाइसियल दाङ लमही नगरकमिटीको आयोजनामा लमहीको रक्तसंचार सेवा केन्द्रमा रक्तदान गरिएको हो ।
वाइसियल लमही नगर इन्चार्ज प्रसान्त चौधरीका अनुसार आइतबार लमही नगर क्षेत्रबाट १४ जनाले रक्तदान गरेका छन् । वाइसियल सधै जनसेवा र जनजीवीकाका केन्द्रित हुन्छ, यसपाली कोभिड १९ को सङक्रमणका कारण रक्तदान गर्नेको संख्या कम भएका कारण विरामीको लागि रगत अभाव हुन नदिन रक्तदानको अभियान संचालन गरेका हौँ, इन्चार्ज चौधरीले भन्नुभयो ।
यस्तै रक्तदान गर्ने रक्तदाताहरुले पनि आफुहरुको रगतबाट रगत अभावकै कारण कुनै बिरामीको ज्यान नजाहोस भन्ने उद्देश्यका साथ रक्तदान गरेको बताएका छन् । यस्तै रक्तदान पछी पत्रकारसंग कुरा गर्दै वाइसियल लमही नगर अध्यक्ष लेलीन बन्जाडेले लमही नगर वाइसियलले यस्ता सिर्जनसिल कामलाई निरन्तरता दिइराख्ने बताउनुभयो ।।
मा प्रकाशित