इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आज कुवेत जाँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आज कुवेत जाँदै

    मा प्रकाशित

जेठ १६, दाङ ।
इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आज साँझ कुवेत प्रस्थान गर्नेछ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत जान लागेको हो । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले टिम स्थलमार्ग हुँदै कुवेत जाने जानकारी दिनुभयो ।

नेपाली टिम स्थानीय समय अनुसार साँझ ६ बजे कुवेत प्रस्थान गर्नेछ । विश्वकप छनोटको तयारीका लागि नेपालले हिजो फिफा वरीयतामा १ सय ३ औं स्थानमाथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । समूह‘बी’मा रहेको नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग टुङ्गिसकेको छ ।

यद्यपि बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्