जेठ १७, दाङ ।
लुम्बिनी प्रदेश अन्र्तगत रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागी जारी उपनिर्वाचनमा २९७ मत खसेको छ । सोमवार विहान ९ बजेदेखी मतदान सुरु भएकोमा अहिले सम्म २९७ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।
जम्मा मतदाता संख्या तिन सय रहेकोमा अब ४ मत खस्न बाँकी रहेको उहाले जानकारी दिनुभयो । उहाका अनुसार प्रदेश सांसदहरु सवैले मतदान गरी सकेका छन् । अब स्थानिय तहका प्रमुख तथा उपप्रमुखको सात जना बाँकी रहेका छन् । मतदाताहरुले निर्धारित समय अगाडी नै मतदान गरी सकेपनि तिन बजे पछि मात्रै मतगणना सुरु हुने प्रदेश निर्वाचन अधिकारी भट्टाराईले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गर्नु भएको हो ।त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गर्नुभएको छ । मतदान दिउँसो ३ बजे सम्म जारी रहने उहाले जानकारी दिनुभयो ।दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान भईरहेको छ । राष्ट्रिय सभा सदस्य पदका लागी नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली काग्रेसको तर्फबाट दिर्गनारायण पाण्डे उमेदवार बन्नु भएको छ ।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा पार्टीको समर्थन रहेको छ ।
मतदानमा प्रदेशका ८३ जना र प्रदेश अन्तर्गत रहेका स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता सहभागी हुनेछन् ।यस अघि लुम्बिनी प्रदेशका ७९ जना मात्रै मतदानमा सहभागी हुन पाउने भने तापनि आईतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्यले मत दिन पाउने भएका हुन् ।प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १८ मतभार रहनेछ ।
लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दावी गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वली सहित) जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेश सभामा छन् ।