जेठ १८, काठमाडौँ ।
कोरोना सङ्क्रमको जाँच घटाएका कारण मृत्युदर घटेको टिप्पणी भइरहेको बेला सरकारले भने परीक्षणको दायरा बढाइएको दावी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले केही सञ्चारमाध्यमले सरकारले परीक्षणको दायरा कम गरेको भनेर खबर प्रसारण गरेकोमा असहमित जनाउनुभयो । पौडेलले सरकारले पीसीआर मात्र नभएर ७ सय ५३ वटै स्थानीयतहमा १५ सयका दरले ११ लाख एन्टिजेन किटसमेत वितरणको योजना बनाएको बताउनुभयो ।
केही दिनअघिसम्म जाँच दैनिक २० हजारभन्दा बढी पुगेको भए पनि केही दिनयता भने घटेको थियो । हिजो प्राविधिक कठिनाइका कारण धुलिखेल, पाटन, जलेश्वर, भेरी अस्पताल, युनिभर्षल मेडिकल कलेज भैरहवा र अन्य केही मुख्य प्रयोशालाबाट रिपोर्ट आउन नसक्दा परीक्षणको सङ्ख्या कम भएको प्रवक्ता पौडेलले बताउनुभयो । एन्टिजेन परिक्षण भने हालसम्म १७ सय मात्र भएको मन्त्रालयले जानकारी दिएको छ ।