नेपालमा म्यूकोरमाइकोसिसका बिरामी बढ्दै – Kanika Khabar
Thursday, December 12Nepali News Portal

नेपालमा म्यूकोरमाइकोसिसका बिरामी बढ्दै

    मा प्रकाशित

जेठ १८, दाङ ।
पछिल्लो अवस्थामा नेपालमा आँखामा देखिने म्यूकोरमाइकोसिसका बिरामी बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा म्यूकोरमाइकोसिस रोगका १२ जना बिरामी फेला परेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडलेले वीरगञ्ज, नेपालगञ्ज र काठमाडौंमा रहेका अस्पतालबाट सङ्कलन गरिएको विवरण अनुसार १२ जनामा कालो ढुसीको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । कालो ढुसीको सङ्क्रमणबाट जोगिन प्रयोग हुने औषधि ‘एम्फोटेरिसिन बी’ विश्व स्वास्थ्य संगठनबाट माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्