मा प्रकाशित
जेठ १७, दाङ ।
दाङमा चट्याङले एक घरमा क्षति प्रेयाएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थित एक घरमा चट्याङ परेको छ ।
लगातार बर्षासंगै परेको चट्याङले सुकिदह स्थित दुर्गा बहादुर विकको घरमा क्षति पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
आज मंगलवार दिउँसो १२ बजेतिर चट्याङ पर्दा घरको विद्युत मिटर बक्स सहित विद्युतिय संरचना चलेर नष्ट भएको छ भने घरको केही भाग गारोसमेत भत्केको छ ।
घरमा तिन जना परिवार भएपनि मानविय क्षति नभएको बताईएको छ ।