कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देश अनुसारको नाम दिइने भएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुयुएचओले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।
भाइरसको नयाँ भेरियन्टमा देशको नाम जोडिएको भन्दै भारत लगायतका मुलुकले गुनासो गरिरहँदा डब्लुएचओले नयाँ भेरियन्ट नामाकरणको नयाँ विधि निकालेको हो । डब्लुएचले अब यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ ।
जसअनुसार अब युके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ । यसै महिनाको सुरुमा भारतीय सरकारले गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो