कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलको सहयोग – Kanika Khabar
Friday, February 14Nepali News Portal

कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलको सहयोग

    मा प्रकाशित

काठमाडौँ, जेठ १९ ।
प्रेस काउन्सिल नेपालले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित नौ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ । काउन्सिलको मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गतेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर(आइसियुमा उपचाररत छ पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका तीन पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले तत्कालका लागि जनही रु. २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम ९जेठ १६ गते निधन भएको० र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसीयुमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौँका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिनुभयो ।

भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ । यसअघि कोभिड–१९ को असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृद्धि एवं इन्टरनेट सुविधावापत सहयोग प्रदान गरिएको थियो ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्