अक्सिजन प्लान्ट खरीद गर्दा भएको अनियमिततामाथि छानविन सुरु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

अक्सिजन प्लान्ट खरीद गर्दा भएको अनियमिततामाथि छानविन सुरु

    मा प्रकाशित

जेठ १९, रुकुम ।
जिल्ला अस्पताल रुकुम पश्चिममा अक्सिजन प्लान्ट खरीद गर्दा भएको अनियमिततामाथि छानविन सुरु भएको छ । प्लान्ट खरिदमा अनियमितता भएको गुनासो आएपछि छानविन शुरू गरिएको हो । प्लान्ट खरीद प्रक्रियामा अनियमितता भएको गुनासो बढ्न थालेपछि अख्तियारले खरिदको फाइल मागेको छ । यससँगै प्लान्ट जडान प्रक्रिया समेत रोकिएको छ ।

वास्तविक मूल्यभन्दा बढीमा अक्सिजन प्लान्टको मेसिन खरीद गरिएको भन्ने आशंकामा छानविन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत बताएको छ । प्लान्ट जडानको काम अघि नबढाउन अख्तियारले निर्देशन दिएको छ । अक्सिजन प्लान्ट सञ्चालनका लागि मुख्य मेशिन अस्पतालमा आइपुगेको थियो भने थप सामग्री खरीद गरी जडानको तयारी गरिएको थियो ।

खरीद प्रक्रियामा अनियमितताको आशंकापछि प्लान्ट जडानको काम अघि नबढाउन कर्णाली प्रदेशको संसदीय समितिले पनि निर्देशन दिएको छ । अनुगमनका क्रममा जिल्ला अस्पताल पुगेको संसदीय समितिले खरीदको विषय छानविनमा परेकाले बाँकी काम तत्काल अघि नबढाउन निर्देशन दिएको हो ।

केही महीनाअघि विभूति मेडिटेक इन्टरनेशनल प्रालिले अक्सिजन प्लाण्टको मुख्य मेशिन खरीद गरेको थियो । कम्पनीले प्लाण्ट सञ्चालनका लागि आवश्यक पर्ने पाइपलाइन तथा अन्य सामग्री भने ल्याउन बाँकी थियो ।

कर्णाली प्रदेश सरकारले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लाग गतवर्ष ५८ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये ३९ लाख २२ हजारमा मुख्य मेशिन ल्याइएको बताइएको छ । बाँकी १८ लाखले पाइपलाइन र अक्सिजन स्टोरका लागि ५०० लिटर क्षमताको ट्यांकी खरीद प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य सेवा कार्यालयले नै ठेक्का आह्वान गरेर मेशिन खरीद गरेको हो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले प्लान्ट खरीद लगायत प्रक्रियाको फाइल अख्तियारले लिएको र संसदीय समितिले पनि बाँकी काम नगर्न भनेकाले काम रोकिएको बताउनुभयो । विभूति मेडिटेक इन्टरनेशनल प्रालिले जेठ १६ गतेसम्म अक्सिजन प्लान्ट जडान गरिसक्ने बताएको थियो ।लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनीहरुविरुद्ध लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्