दरबार हत्याकाण्डको २० वर्ष पूरा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

दरबार हत्याकाण्डको २० वर्ष पूरा

    मा प्रकाशित

जेठ १९, दाङ ।
तत्कालीन राजा विरेन्द्र शाहको बंशनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पुरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवार भित्रै तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

 

दरबारमा भएको पारिवारिक जमघटका अवसर पारी उक्त हत्याकाण्ड भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्र शाहले हत्का गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

 

जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन उल्लेख गरिएको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्