एजेन्सी ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । अब एकदिवसीय क्रिकेट प्रतियोगितामा १४ र टी २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आईसीसीले निणर्य गरेको हो ।
यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए ।भने टी २० विश्वकपमा १६ टिमले खेल्दै आएका थिए आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
त्यस्तै २०२७ र २०३१ मा हुने एकदिवसीय विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने आईसीसीले जनाएको छ । सन् २०२४ को विश्वकप पछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेको छ । त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ ।