मा प्रकाशित
जेठ १९, दाङ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीबाट आफूले मासिक २० हजार पाउने बताएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नका प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने बताएका हुन् ।
तपाईंले पार्टीबाट मासिक कति तलब पाउनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले २० हजार लिने बताएका हुन् ।
विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।