वडाध्यक्ष पाण्डेमाथि प्रहरी निरीक्षकको पशुत्व व्यवहार, तत्काल कारवाही गरियोस् : वडाध्यक्षहरु – Kanika Khabar
Thursday, June 19Nepali News Portal

वडाध्यक्ष पाण्डेमाथि प्रहरी निरीक्षकको पशुत्व व्यवहार, तत्काल कारवाही गरियोस् : वडाध्यक्षहरु

    मा प्रकाशित

जेठ १९, दाङ ।
दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नंं १५ वडाध्यक्ष रमेशकुमार पाण्डेमाथि हिजो मंगलबार प्रहरीले गरेको अभद्र व्यवहारको वडाध्यक्षहरु भर्त्सना गरेका छन् ।
अक्सिजन आवश्यक परेको वडावासीलाई अक्सिजन उपलब्ध गराउन जाँदा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक रामनारायण गुप्ताले गरेको अभद्र व्यवहारको घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडाध्यक्षहरुले सुरक्षाकर्मीको निन्दनीय कार्यप्रति खेद प्रकट गरेका छन् ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १८ का वडाध्यक्ष भरत अर्याल, वडा नं. का अध्यक्ष माधव चौधरी, वडा नं. ४ का वडाध्यक्ष भीमबहादुर सार्की, वडा नं का अध्यक्ष विष्णुमणि दाहाल, वडा नंं ६ का वडाध्यक्ष रेबबहादुर बुढाथोकी, वडा नं ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा नंं ९ का अध्यक्ष मानबहादुर बस्नेत, वडा नंं १० अध्यक्ष चित्रबहादुर डाँगी, वडा नं. १२का अध्यक्ष राजेन्द्र बुढा, वडा नं. १३ का अध्यक्ष रबिलाला घर्ती, वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नंं १६ का अध्यक्ष ताराबहादुर डाँगी र वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरीले संयुक्त विज्ञप्ति जारी गरी आज बुधबार १ दिनका लागि विरोधस्वरुप बन्द गर्ने निर्णय गरेका हुन् ।

 

No description available.
जारी विज्ञप्तिमा भनिएको छ ,‘नेपाल सहित विश्व नै यतिबेला कोरोना महामारीको समयम छ । यो महामारीमा दाङ जिल्लाका कोरोना संक्रमीतहरुको सेवा र कोरोना महामारी नियन्त्रणकालागी अग्रपक्तीमा जनप्रतिनीधी खटिने गरेका छौ । यो महामारीलाई कसरी नियन्त्रणमा लिने र संक्रमीतहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिएर जनप्रतिनीधीहरु लागिपरेका छौ । घोराही उपमहानगरपालिकामा पनि कोरोना संक्रमण दर उच्च छ । घोराही उपमहानगरपालिका हामी वडा अध्यक्षहरु पनि यो महामारीको समयमा वडाबासीहरु एवं आवश्यक भएमा अन्य वडा एवं पालिकाका संक्रमीतहरुको उपचार र समस्या समाधानका गर्न लागिपरेका छौ ।
महामारीको समयमा कोरोना संक्रमीतहरुको उपचारकालागी खटिएका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेमाथी हिजो मंगलवार घोराहीमा प्रहरीबाट भएको दुव्र्यवहारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । वडाअध्यक्ष रमेशकुमार पाण्डे होम आईशोलेसनमा रहेका एक जना कोरोना संक्रमीतकालागी अक्सीजन सिलिन्डरको व्यवस्थापनमा जार्दै गर्दा जिल्ला प्रहरी कार्यालय दाङको गेट आगाडी जिप्रका दाङमा कार्यरत प्रहरी निरिक्षक रामनारायण गुप्ताबाट भएको दुव्र्यवहारको हामी घोर भत्सना गर्दछौ । स्थानीय सरकारका प्रतिनीधीहरुमाथी प्रहरी प्रशासनबाट भएको यो व्यवहार निकै आपत्तिजनक छ । दुव्र्यवहारको विरोधमा आज वुधवार वडा कार्यालयहरु पनि बन्द रहेको जानकारी गराउन चाहन्छौ । महामारीको समयमा अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुप्रति हामी सम्मान गर्दछौ । तर जनताको सेवामा अहोरात्र खटिने जनप्रतिनीधीहरुलाई यस्तो किसिमको दुव्र्यवहार गरि हतोत्साहित बनाउने काम नगर्न पनि सम्बन्धीत निकायलाई अनुरोध गर्दछौ । घटनाका दोषी प्रहरी निरिक्षकलाई तत्काल कारबाही गर्न जोडदार माग पनि गर्दछौ । ’

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ७ का अध्यक्ष टोपबहादुर के.सी., वडा नं. १० अध्यक्ष कुमार लामिछाने, वडा नंं का अध्यक्ष घनश्याम ढकाल, वडा नं २ का अध्यक्ष राजु आचार्य,वडा नं. ५ का वडाध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नं ८ का अध्यक्ष बेदबहादुर के.सी, वडा नं. ११ का अध्यक्ष चित्रबहादुर वली, वडा नं. १४ का अध्यक्ष परशुनारायाण चौधरी, वडा नं १७ काअध्यक्ष थलराज पुरी र वडा नं. १३ का अध्यक्ष विनोद पाण्डेले संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । जारी विज्ञप्तिमा प्रहरी निरीक्षकको यस्तो घिनलाग्दो कार्यको विरोध गर्दै पशुत्व व्यवहार गर्नेलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्