नारायणपुर उद्योग वाणिज्य संघले गर्याे राहत वितरण – Kanika Khabar
Monday, April 21Nepali News Portal

नारायणपुर उद्योग वाणिज्य संघले गर्याे राहत वितरण

    मा प्रकाशित


जेठ १९, दाङ ।
नारायणपुर उद्योग वाणिज्य संघले विपन्न परिवारलाई राहत वितरण गरेकाे छ ।
काेभिड १९ काे महामारीबाट सुरक्षित हुन सरकारले गरेकाे लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई संघले आज बुधबार राहत वितरण गरेकाे हाे ।

संघले आज घाेराही उपमहानगरपालिका वडा नं. १० र ८ का अति विपन्न तथा अशक्त अपाङ्गहरूका लागि खाद्यान्न वितरण गरेकाे हाे । आज १७ वटा टाेलका ४१ घरधुरीलाई खाद्यान्न वितरण गरेकाे संघका सदस्य भाेला बुढाथोकीले बताए ।
संघले चामल, दाल, साेयविन, नुन, तेल लगायतकाे खाद्यान्न उपलब्ध गराएकाे हाे ।


अति विपन्न तथा असहाय अपाङ्ग परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम भाेलि पनि जारी रहेकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्