जेठ १९, काठमाडौँ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासीबारे पार्टीको धारणा सार्वजनिक गर्दै बजेट भाषण मार्फत् आएको व्यवस्थाले चुरे क्षेत्र विनाश गर्ने र वातावरणीय हिसाबले घातक रहेको बताउनुभएको हो ।
व्यापार घाटा न्यूनीकरण गर्ने नाममा ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेट राष्ट्रघाती रहेको उहाँले बताउनुभएको छ । यसले चुरे विनाश गर्ने र तराईलाई मरुभूमिकरण गर्ने यादवबले बताउनुभएको छ ।
अध्यक्ष यादवले भविष्यमा मधेसको भूमिको उर्बरता समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएकाले भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी निकासी गर्ने कार्य बन्द गर्नुपर्ने बताउनुभएको छ ।