फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज ताइपेइसँग प्रतिस्पर्धा गर्दै – Kanika Khabar
Friday, April 19Nepali News Portal

फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज ताइपेइसँग प्रतिस्पर्धा गर्दै

    मा प्रकाशित

एजेन्सी ।
फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेसँग खेल्न लागेको हो ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताउनुभएको छ ।

अलमुताईरीले कुवेतको मौषममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने उल्लेख गर्नुभयो । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्