ओली इमान्दार देखिएनन् : नेपाल —खनाल पक्ष – Kanika Khabar
Friday, April 18Nepali News Portal

ओली इमान्दार देखिएनन् : नेपाल —खनाल पक्ष

    मा प्रकाशित

जेठ २०, दाङ ।
नेकपा एमालेभित्रको विवाद जतिसुकै प्रयास गर्दा पनि मथ्थर देखिएको छैन । पटकपटक विवादले आक्रान्त भएको एमाले पछिल्लो अवस्थामा लगभग लगभग दुई चिरा भइसकेको छ । पछिल्लो अवस्थामा एकताका लागि घनिभूत प्रयासमा लागे पनि प्रयाु त्यति सुखद रहन सकेन ।
नेकपा एमालेको नेपाल–खनाल पक्षका नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा एकता भनेर लामो समय पर्खिनुको पनि अर्थ नहुने भनाइ वार्ता टोलीका सदस्यहरूको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल–खनाल पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा वार्ता टोलीका सदस्यहरूले वार्ताका विषयमा जानकारी गराएका थिए ।

बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीको अवस्थाबारे जानकारी गराएका थिए ।

पार्टी एकताका लागि सक्रिय नेता सुरेन्द्र पाण्डेले एकताका निम्ति आफ्नातर्फबाट इमानदार पहल भइरहेको बताए । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अर्थात नेकपा माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको अवस्थामा फर्काउनु पर्ने अडान छोड्नु नहुने बताए ।

पाण्डेका अनुसार अध्यक्ष ओली वार्ताका लागि इमानदार देखिएका छैनन् र पार्टी एकतापूर्वको अवस्थामा फर्किन पनि तयार छैनन् । बैठकमा सहभागी एक नेताका अनुसार वार्ता टोलीका अन्य सदस्यहरूको भनाइ पनि पाण्डेकै जस्तो थियो ।

ओलीले वार्तालाई अलमल्याउने रणनीतिका रूपमा उपयोग गरेको र अपेक्षित उपलव्धि हुन नसकेको उनीहरूको भनाइ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्