कोरोना सङ्क्रमणबाट हुम्लामा पहिलो मृत्यु – Kanika Khabar
Friday, March 21Nepali News Portal

कोरोना सङ्क्रमणबाट हुम्लामा पहिलो मृत्यु

    मा प्रकाशित

जेठ २०, हुम्ला ।
कोरोना सङ्क्रमणबाट हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगार्ड–२ का ५५ वर्षका पुरुष रहेका छन् ।

 

गत साता लक्षणसहितको सङ्क्रमण पुष्टि भएका कामीको थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बाटोमै मृत्यु भएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित पुरुषको अक्सीजनको मात्रा ४० भन्दा तल भएकाले गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था नभएका कारण जिल्ला अस्पतालमा थप उपचारका लागि लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।

 

लामो समयदेखि दम रोग लागेको उनलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउन लागिएको थियो । गतको वैशाख १८ गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्