भिक्टोरिया इन्टरनेशनल कलेज यूनिटी ग्रुपका बिद्यार्थीहरुले नेपाल पत्रकार महासंघ दाङ शाखा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग – Kanika Khabar
Friday, April 18Nepali News Portal

भिक्टोरिया इन्टरनेशनल कलेज यूनिटी ग्रुपका बिद्यार्थीहरुले नेपाल पत्रकार महासंघ दाङ शाखा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग

    मा प्रकाशित

भिक्टोरिया कलेजका बिद्यार्थीहरुद्वारा महासंघ र प्रतिष्ठानलाई सहयोग

जेठ २०, दाङ ।

दाङको घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेज यूनिटी ग्रुपका बिद्यार्थीहरुले बिहिबार नेपाल पत्रकार महासंघ दाङ शाखा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेका छन् । महासंघले सञ्चालन गरेको आइसोलेसन व्यवस्थापन तथा सञ्चालन र पत्रकार सहायता कोषका लागि २५ हजार रुपयाँ र प्रतिष्ठानलाई औषधि राख्न एक फ्रिज सहयोग गरिएको छ ।

यूनिटी ग्रुपका सदस्य अर्जुन महराको उपचारका लागि संकलित कोषबाट बचत गरी कोरोना महामारीसँग जुध्न सहायता होस् भनेर महासंघ र प्रतिष्ठानलाई सहयोग गरिएको ग्रुपका संयोजक विवेक न्यौपानेले बताए । भिक्टोरिया कलेजका शिक्षक रोशन आचार्य, यूनिटी ग्रुपका संयोजक विवेक न्यौपाने र सदस्य सन्दिप घिमिरेले पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीलाई बिहिबार २५ हजार रुपयाँको चेक प्रदान गरेका थिए ।

यसैगरी पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, यूनिटी ग्रुपका संयोजक विवेक न्यौपाने र सदस्य सन्दिप घिमिरेले प्रतिष्ठानकी निर्देशक डा। प्रज्ञासीं बस्नेतलाई फ्रिज हस्तान्तरण गरेका थिए । बिद्यार्थीहरुले प्रदान गरेको फ्रिजमा आइसियूका लागि औषधि राख्न सहज हुने निर्देशक बस्नेतले बताए । उनले महामारीमा सहयोग गरेकोमा बिद्यार्थीहरुलाई धन्यवाद् दिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्