जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध : राष्ट्रपति – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध : राष्ट्रपति

    मा प्रकाशित

जेठ २१, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील हुन सबैमा आह्वान गरेकी छिन् । आज छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएको हुन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत सबैमा सद्भावको विकास गर्न तथा सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न दिवसले अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

२०६३ साल जेठ २१ गते देशलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको अवसरमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ  । नेपालको संविधान तथा कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्