जेठ २१, दाङ ।
आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस परेको छ । आज शुक्रबार निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस मनाइन्छ ।
दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरणका कार्यक्रम गरिन्छ । संसारभरिका झण्डै १० करोड बालबालिकाले आज बालअधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् ।