शिवु खनाल
दाङ, २१ जेठ/
बंगलाचुली गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ । दाङको घोराही मुर्कुटी सडक अन्तरगत पर्ने मदनभण्डारी लोकमार्गमा गाउँपालिकाको लु १ झ ६१६ नम्बरका महेन्द्रा पिक अप जिप दुर्घटना भएको हो ।
गाउँपालिकाबाट घोराही तर्फ आउने क्रममा घोराही उपमहानगरपालिका ४ पालुथानमा उक्त गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडीमा सवार ४ जना भने सकुशल रहेका छन् ।
सडक देखी ५ मिटर तल खसेको गाडीलाई रुखमा अड्कीएको छ । गाडी तिब्रगतिमा रहेका कारण अनियन्त्रीत भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।गाडी गाउँपालिकाका अध्यक्षको छोराले चलाएको पाईएको छ । उनि सँग सवारी चालक अनुमति पत्र समेत नभएको प्रहरीको भनाई छ ।