बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग – Kanika Khabar
Saturday, March 15Nepali News Portal

बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग

    मा प्रकाशित

जेठ २१, काठमाडौँ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सप्तरीको बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बोदेबर्साइन नगरपालिकालाई रु २५ हजारको चेक बिहीबार हस्तान्तरण गरिएको छ ।

उक्त संस्थाका बोदेबर्साइन कार्यालाय प्रमुख योगेन्द्रप्रसाद यादवले नगरपालिकाका प्रशासनिक प्रमुख घनश्याम यादवलाई चेक हस्तान्तरण गरे । संस्थाले यसअघि पनि कोरोना महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मी समेतलाई स्वास्थ्य समग्री वितरण गरेको थियो ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नेपालका सबै जिल्लामा समुदायमा आधारित लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्