दाङ कोरोना अपडेट : थप ३८ जनामा कोरोना पुष्टि, २३४ जना डिस्चार्ज र १ जनाको मृत्यु – Kanika Khabar
Sunday, April 20Nepali News Portal

दाङ कोरोना अपडेट : थप ३८ जनामा कोरोना पुष्टि, २३४ जना डिस्चार्ज र १ जनाको मृत्यु

    मा प्रकाशित

२१ जेठ, दाङ ।
दाङमा आज शुक्रबार कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउँसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा ३८ जनामा संक्रमण देखिएकोमा २ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

बितको २४ घण्टामा सय जनाको पिसीआर परिक्षण गर्दा ३४ जनामा र ६० जनाको एन्टिजेन परिक्षण गर्दा ४ जना गरि १९ महिला र १९ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।

त्यस्तै आज निको हुनेमा घोराहीका १०२, तुलसीपुरका ९३, लमहीका ११, शान्तिनगरका ८, दंगीशरण, राप्ती र बबईका ६र६ जना,त्यस्तै राजपुरका २ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

त्यसैगरी आज थपिनेमा घोराहीका १३ जना, तुलसीपुरका १४ जना, लमहीका ३ जना, राप्ती र शान्तिनगरका २र२ जना त्यसैगरि राजपुर, गढवा, दंगीशरण र बबईका १र१ जना रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार २ सय ६१ रहेको छन भने निको हुनेको संख्या ६ हजार ४ सय ८१ पुगेको केन्द्रले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा दाङका एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ७ का ६२ वर्षिय पुरुष रहेको केन्द्रले जनाएको छ । यो संगै बैशाख यता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ८२ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्