जेठ २१, दाङ ।
कोरोना महामारी कोभिड–१९ को दोस्रो लहरमा हाल सम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने नौ सय पत्रकार सङ्क्रमित भएका छन् । प्रेस काउन्सिलका अनुसार यस मध्ये २ सय सक्रिय सङ्क्रमित छन् । ३
० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू/भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक÷लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको पनि काउन्सिलले जनाएको छ ।
काउन्सिलले कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।