आज विश्व वातावरण दिवस – Kanika Khabar
Saturday, July 12Nepali News Portal

आज विश्व वातावरण दिवस

    मा प्रकाशित

जेठ २२, दाङ ।
आज विश्व वातावरण दिवस परेको छ । नेपालमा पनि वातावरण दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।

यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।

तर वातावरण संरक्षणमा यो बेला सरकारीस्तरबाटै वेवास्ता भएको आरोप पनि लागेको छ । वातावरण जोगाउन क्रियाशील हुनुपर्ने सरकार नै चुरे क्षेत्र मासेर वातावरण संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्राकृतिक सम्पदाको दोहनमा लागेको भन्दै विज्ञहरूले आलोचना गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्