निमुसंगम घर्ती
जेठ २२, दाङ ।
आज परेको विश्व वातावरणरण दिवसका अबसरमा घोराही १४ झिगौरामा वृक्षारोपण गरिएको छ । नयाँ सोच र सृजना, परिस्थितिकिय प्रणालीको पुनस्र्थापनामा भन्ने नाराका साथ आयोजना गरिएको दिवसमा मनकामना सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो । वन डिभिजन कार्यालय घोराही, दाङको आयोजना र घोराही उपमहानगरपालिका बाताबरण तथा विपद व्यवस्थापन शाखाको सहकार्यमा बृक्षारोपण गरिएको हो ।
बृक्षारोपणको सुरुवात गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रसस्त बोटबिरुवा र वाताबरण स्वच्छ भए मात्रै मानव जीवन सुरक्षित हुने बताउनुभयो । मानविय क्रियाकलापलाई बाताबरण मैत्री बनाउनु पर्नेमा जोड दिदै उहाँले विरुवाको संरक्षण सबैको दायित्व भित्र पर्ने उल्लेख गर्नुभयो । बाताबरण स्वच्छ र हराभर भए मात्रै विपद जन्य घटना र विभिन्न खाले रोगहरुबाट बच्न सकिने उहाँको भनाई छ ।
त्यसैगरी, वन डिभिजन कार्यालयका प्रमुख विजयराज सुबेदीले बाताबरणलाई स्वच्छ हुनु नै मानविय जीवन सुरक्षित हुने बताउनुभयो । बर्षेनी मनाईने दिवस र रोपिने विरुवाको संरक्षणमा सबैलाई सहभागि बन्न समेत अपिल गर्नुभयो । कार्यक्रममा डिभिजन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले मानविय कमजोरी र हेलचेक्राईले बाताबरण प्रदुषण बढेको बताउनुभयो ।
बाताबरणलाई असर नपर्ने गरी विकास निर्माणका कामलाई अघि बढाउने र बोट बिरुवा संरक्षणमा ध्यान दिनै पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, सहायक वन अधिकृत भक्तबहादुर चौधरी, घोराही उपमहानगर बाताबरण तथा विपद व्यवस्थापन शाखा प्रमुख संगिता सुबेदी सहित मनकामना सामुदायिक वन समूहका उपभोक्ताहरु सहभागि भएका थिए ।