जेठ २२, सुर्खेत ।
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् हेरफेर गर्न लाग्नुभएको हो । काङ्ग्रेसबाट सरकारमा २ मन्त्रीले प्रतिनिधित्व गर्ने भएका छन् ।
सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई सिफारिस गरिएको उहाँको भनाइ छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कांग्रेस र एमालेका खनाल–नेपाल समूहका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगिएको थियो ।