प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा आज संवैधानिक इजलास बस्दै – Kanika Khabar
Thursday, May 15Nepali News Portal

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा आज संवैधानिक इजलास बस्दै

    मा प्रकाशित

जेठ २३, काठमाडौँ ।
प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न सर्वाेच्च अदालतमा आज संवैधानिक इजलास बस्दै छ । इजलासका लागि आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ ।

 

यही जेठ १८ मा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि २३ जेठमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिबद्धता जनाउनुभएको थियो । नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने तेजबहादुर केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरूले विकल्प खोज्न आग्रह गर्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्