टेकु अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

टेकु अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

    मा प्रकाशित

जेठ २३, काठमाडौँ ।
विगत तीन साताको तुलनामा काठमाडौँको टेकु अस्पतालमा भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्यामा कमि आएको छ । अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार गाउँ–गाउँमा सिकिस्त बिरामीको सङ्ख्या धेरै रहेका कारण काठमाडौँ उपत्यका बाहिरबाट बिरामी आउनेक्रम भने चलिरहेको छ ।

‘अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ । वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्याङ्क बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।’

डा. बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । दोस्रो लहरमा खोप लगाएका मानिस सङ्क्रमित भए पनि कम मात्र सिकिस्त भएको उल्लेख गर्दै उहाँले थप्नुभएको छ, ‘यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्