काठमाडौँ, २३ जेठ ।
डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो ।उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।
नेपाललाई हालसम्म चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख खोप उपलब्ध गराएको छ । कोभ्यास कार्यक्रम मार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ ।पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रम मार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ ।नेपालले भारतको शेरम इन्स्टिच्युटसँग २० लाख डोप कोभिसिल्ड खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोप आएपनि बाँकी १० लाख अझै आएको छैन । सुरुमा खोप लगाउन आनाकानी गरिरहेकाहरु अहिले कोरोना बिरुद्धको खोप लगाउने चाहना व्यक्त गरिरहेका छन् ।