प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई बर्खास्त गरे – Kanika Khabar
Thursday, May 15Nepali News Portal

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई बर्खास्त गरे

    मा प्रकाशित

जेठ २३, दाङ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई बर्खास्त गरेका छन् । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरु रहेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डा डिम्पल झा, उद्योग, पर्यटन वन राज्य मन्त्री सुरेश मण्डल, सामजिक विकास राज्य मन्त्री अभिराम शर्मा बर्खास्त भएका हुन् ।

उनीहरूलाई जसपका अध्यार उपेन्द्र यादव समुहमा फर्किन आज साँझ सम्मको समय दिएको थियो । उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि बर्खास्तीमा परेको जनाइएको छ ।

उपेन्द्र पक्षधरले आज नै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्