प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा बिरामी, आज संवैधानिक इजालास स्थगित – Kanika Khabar
Thursday, May 15Nepali News Portal

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा बिरामी, आज संवैधानिक इजालास स्थगित

    मा प्रकाशित

जेठ २४, दाङ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा बिरामी भएपछि आज संवैधानिक इजालास स्थगित भएको सर्बोच्च अदालत प्रशासनले जनाएको छ । आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ नहुने जनाइएको छ ।

प्रधानन्यायाधीश जवरा के बिरामी परे भन्नेबारे केही खुलाइएको छैन ।

संवैधानिक इजलासको पेशी अब बुधबार मात्रै तोकिनेछ । गत शुक्रबारदेखि प्रतिनिधिसभा विघटन मुद्दाको बहस सुरू भए पनि संवैधानिक इजलास गठनमा भएको विवादले मुल विषयमा प्रवेश पाएको छैन ।

प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदको संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् ।

यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले पनि चार रिट निवेदन दर्ता गराएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्