दाङ, २४ जेठ ।
दाङ लकडाउन जारी गरिएको ३९ दिन पुगेको छ । पछिल्लो पटक बढाइएको लकडाउनको समयसीमा भोलि सकिन थालेको हो ।
कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै यसको रोकथाम,नियन्त्रण तथा उपचारका लागी गरिएको लकडाउनको भोलि बेलुकी छ बजे सकिदैछ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले पटकपटक लकडाउनको समय थप गदै जेठ २५ गते सम्म जारी राख्ने निर्णय गरेको छ ।
पुर्व निर्धारित समय अनुसार लकडाउनको समयावधि भोलि बेलुकी सकिने भए पनि अब लकडाउन थप हुन्छ वा हुदैन भन्ने बारे भोलि बस्ने डिसिसिएमसीको बैठकले टुङग्यो लगाउने सहायक प्रमुख जिल्ला अधिकारी चिरणजिवी रानाले जानकारी दिनुभयो । यस अघिको समयमा शनिवार परेको हुँदा लकडाउन समय सकिने भन्दा एक दिन अगाडि बैठक बस्ने गरेको थियो उहाले भन्नुभयो, यस पटक अन्य बार परेकोले सोहि दिन बैठक बसेर निर्णय हुनेछ ।