जेठ २४, दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) , राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन) मिदास टेक्नोलोजी प्रालिबिच सहकार्य भएको छ । यो सहकार्यले अनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर Mero Doctor – Online Video consultation Service कुनै पनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क बनाइएको छ ।
मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको Mero Doctor (Telemedicine सेवा) मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरुले नियमित रुपमा भिडियोमार्फत परामर्श दिनेछन् ।
Mero Doctor बाट सेवा कसरी लिने ?
⦁ बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र ठाउँबाट यो Telemedicine सेवा लिन सक्नुहुनेछ ।
⦁यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor एप डाउनलोड गर्न सकिन्छ ।
⦁आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor एप डाउनलोड गर्न सकिन्छ ।
⦁ ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिन्छ ।
⦁Mero Doctor कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help ले थप मद्दत गर्नेछ । सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।
⦁ निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिने छ :9847691129, 9823012581, 9847393153, 9847396536